सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न टोली बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।
सरकार प्रवक्ता एंव शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार उक्त टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य हुने छन्।
असार २५ गते जनकपुरधामबाट मिटरब्याज पीडितहरूले काठमाडौंका लागि 'मिटरब्याज विरूद्ध पैदल न्याय मार्च' सुरू गरेका थिए।
४ दिनका हिँडेर बारा निजगढ आइपुगेपछि गृहमन्त्री सुधन गुरूङ पुगेका थिए। तीन दिनसम्म त्यहाँ बसेर वार्ता गर्दा टुङ्गोमा पुर्याउन नसकेपछि मिटरब्याज पीडितका टोली आज (बिहीबार) काठमाडौं आउँदैछन्।
मिटरब्याज पीडितहरूको पनि ६ जनाको वार्ता टोली बनाइएको छ।