काठमाडौंको माइतीघर मण्डल क्षेत्र जलमग्न भएको छ।
बिहीबार परेको वर्षापछि सडकमा पानी जम्दा सवारी साधनको आवागमन प्रभावित भएको छ।
सडक जलमग्न भएपछि सवारी साधनहरू बिस्तारै गुड्न बाध्य भएका छन् भने केही स्थानमा ट्राफिक व्यवस्थापनमा समेत कठिनाइ भएको छ।
जल निकासको क्षमता कमजोर हुँदा वर्षा हुनेबित्तिकै माइतीघर मण्डलमा पानी जम्ने समस्या दोहोरिँदै आएको छ।
वर्षा जारी रहेकाले आवश्यक सावधानी अपनाउन र डुबान भएका सडक खण्डमा सतर्क भएर यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।
तस्बिरहरू:
-1784203648.jpg)
-1784203648.jpg)
-1784203648.jpg)
-1784203647.jpg)
-1784203646.jpg)
-1784203647.jpg)
-1784203647.jpg)
-1784203647.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी