सुर्खेतमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
घटनामा संलग्न रहेको आरोप लागेका एक जना फरार छन् ।
गएराति करिब पौने ११ बजेतिर जिल्लाको बीरेन्द्र नगरपालिका –४ कालागाँउका ३३ वर्षीय जीवनकुमार शाहीलाई युवाको एक समूहले टाउकोमा खुकुरी प्रहार गरेको थियो।
सामान्य विवाद क्रममा शाही माथि बीरेन्द्रनगर– १० बुलबुले नजिकै रहेको ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर खुकुरी प्रहार भएको थियो।
घाइते शाहीको अवस्था मध्यम रहेको तथा कर्णाली प्रदेश अस्पताल कालागाँउमा उपचार भइ रहेको जिल्ला प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए।
शाही माथि खुकुरी प्रहार गरेको आरोपमा बिरेन्द्रनगर – ९ का १९ वर्षीय रोशन शाही, वीरेन्द्रनगर – ८ का १८ का भरत बोगटी र सोही वडाका १६ वर्षीय एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न मध्य बिरेन्द्रनगर – ५ का २६ वर्षीय हरिष रोकाया भने फरार रहेको र उनको खोजी भइ रहेको प्रहरीले जनाएको छ।