बर्ड फ्लु निर्मूल भएपछि आजदेखि चिडियाखाना खुलेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएपछि बन्द गरिएको थियो।
हाल बर्ड फ्लु निर्मूल रहेको भन्दै आजदेखि चिडियाखाना खुलेको छ।
चिडियाखाना खुल्ने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हो।
