सरकारले सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण (पेन्सन) पाइरहेका करार कर्मचारीलाई आजबाट हटाउने निर्णय गरेको छ।
पेन्सन तथा उपदान लिएर पनि कति कर्मचारी करार सेवामा पनि काम गरेका थिए।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णय कार्यान्वयनका लागि जारी गरेको परिपत्रमा यस्तो व्यवस्था गरेको छ।
परिपत्रअनुसार यसअघि कुनै सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण पाइरहेका करार कर्मचारीलाई २०८३ साउन १ गतेदेखि अर्थात आजबाट सेवा निरन्तरता नदिई सधन्यवाद विदाइ गरिने उल्लेख छ।
सरकारले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणबाट कटौती हुने मन्त्रालय तथा मातहतका कार्यालयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी निर्णय गर्दै यस्तो व्यवस्था गरेको हो।
करिब ४०० जना जति यस्ता कर्मचारी रहेको अनुमान छ।