साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ।
साउनमा महिलाहरू हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन्।
हिन्दु देवता शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरू हरियो, रातो र पहेँलो पोते लगाउने गर्छन्।
साउन महिनामा हिन्दु महिलाहरूले हरिया चुरा पोते लगाउने चलन छ।
पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरा पोते र मेहेन्दी लगाउने गरेको पाइन्छ।
हिन्दु धर्ममा सौभाग्यका रूपमा चिनिने पोते इरानी गहना हो।
पोतेको व्यापार वर्षौंभरि हुँदैन, तीज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्दछ।
तस्बिरहरू:
-1784275060.jpg)
-1784275060.jpg)
-1784275060.jpg)
-1784275059.jpg)
-1784275058.jpg)
-1784275057.jpg)
-1784275059.jpg)
-1784275059.jpg)
-1784275058.jpg)
-1784275058.jpg)
-1784275058.jpg)
-1784275057.jpg)
-1784275057.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी