डडेलधुरामा भएको जिप दुर्घटना परि दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु दार्चुलाको अपिहिमाल गाउँपालिका –१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी २८ वर्षीया हनु लोथ्याल रहेको डडेल्धुराका प्रवक्ता भास्कर चन्दले बताए।
दुर्घटनामा परी दार्चुलाको मार्मा गाउँपालिकाका – ३ का ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीया सरस्वती लोथ्याल र जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का २० बर्षीय अमृत घरेडी रहेका छन्।
चालकको अवस्था सामान्य रहेको तथा अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
धनगढी बाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जिप शनिबार बिहान करिब २ बजेतिर डडेल्धुराको अमरगडी नगरपालिका –७ खस्र्याखानमा दुर्घटनामा परेको थियो।
भीमदत्त राजमार्ग अन्तरगत पर्ने उक्त स्थानबाट जिप करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलिसकेको छैन।