बुटवलमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बुटवलको राजमार्ग चौराहमा टिपरको ठक्करबाट स्कुटर चालक भैरहवाका ६० वर्षीय ताराचन सुनारको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तीव्र गतिमा रहेको लु २ ख ३००२ नम्बरको टिपरले ट्राफिक प्रहरीकै अगाडि स्कुटरलाई ठक्कर दिएको थियो। टिपर र स्कुटर भैरहवाबाट बुटवलतर्फ आइरहेको थियो।
ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक सुनारलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
ठक्कर दिने टिपर र त्यसका चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिइ अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।