सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ।
आइतबार दिउँसो फेसबुक नेपालसहित विश्वका विभिन्न देशहरूमा समस्या आएको हो।
डेस्कटपमा ‘अकाउन्ट टेम्पररिली अनअभाइलेभल’ अर्थात अहिले अकाउन्ट उपलब्ध नभएको सूचना देखाउन थालेको हो।

मोबाइल भर्सनमा कतिपयको फेसबुक चलिरहेको छ भने कतिपयकोमा चल्न छाडेको छ।
डाउनडिटेक्टरमा दिउँसो १ बजेदेखि फेसबुक प्रयोगकर्ताहरूले रिपोर्ट गर्न थालेका थिए। के कारणले फेसबुक नचलेको भन्ने खुलिसकेको छैन।
यसअघि जेठ २९ गते पनि फेसबुकमा प्राविधिक समस्या देखिएको थियो। त्यतिबेला पनि नेपालसहित विश्वका धेरै देशमा फेसबुक लगइन गर्न, भिडिओ/फोटो राख्न, मेसेज गर्न समस्या भएको हो।