रूकुम पश्चिममा भूकम्प गएको छ।
आइतबार अपराह्न साढे ४ बजेतिर रूकुम पश्चिमको कोल भन्ने क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार ५ म्याग्नेच्युडको भूकम्प गएको हो।
भूकम्पको क्षतिबारे विवरण प्राप्त भएको छैन।