हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको तराई भू-भागमा अधिकांश बादल तथा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा,गण्डकी र कर्णाली थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाए छ।
देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरुमा तथा बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
राति नै मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।