रुपन्देहीस्थित तिनाउ नदीमा बाढी आएकाले नदीकिनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म उच्च सतर्क रहन ध्यानाकर्षण गराएको छ।
तिनाउ नदीको जलाधार क्षेत्र र आसपासमा वर्षा भइरहेकाले ठूलो बाढी आएको विभागले स्पष्ट पारेको छ।