काठमाडौंको चोभारमा ट्यांकर, बस र मोटरसाइकल दुर्घटना भएको छ।
मंगलबार कीर्तिपुर नगरपालिकाको चोभारस्थित सडकमा तीन वटा सवारी साधन दुर्घटनामा परेका हुन्।
पानी बोकेको ट्यांकर र बस ठोक्किएका थिए। त्यस्तै एउटा मोटरसाइकलमा पनि क्षति पुगेको छ।
बससँग ठोक्किएर ट्यांकर सडकमै पल्टिएको छ। बसको अघिल्लो भागमा क्षति पुगेको छ।
घटनामा क्षतिबारे थप विवरण आउन बाँकी छ।
-1784616219.jpg)
-1784616220.jpg)
-1784616219.jpg)
-1784616219.jpg)
-1784616219.jpg)
-1784616219.jpg)
-1784616219.jpg)
-1784616218.jpg)
-1784616218.jpg)
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी