काठमाडौं महानगरपालिका-७ कुमारीगालमा ४ तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा डेरा गरी बस्ने ४९ वर्षीय नविन अग्रवाल हुन्।
सोमबार आफू बस्ने घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टमपछि मंगलबार आफन्तले बुझिसकेका एसपी भट्टराईले सेतोपाटीलाई जानकारी दिए।