दाङको तुलसीपुरमा निर्माणाधीन घरभित्र रहेको पानी ट्यांकीमा निस्सासिएर दुई जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा बनिहेको घरको ट्यांकीभित्र मृत फेला परेका दुबै जनाको पहिचान खुलिसकेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीका अनुसार मृतक ३६ वर्षीय कमल गिरी र ३५ वर्षीय घनश्याम गिरी छन्।
उनीहरू दाजुभाइ नाता पर्छन्।
कमल घर निर्माण गर्ने ठेकेदार समेत हुन्।
‘प्रारम्भिक अनुसन्धानबाट उनीहरूको पानी ट्यांकीभित्र निस्सासिएर मृत्यु भएको हुनसक्ने देखिन्छ,’ डिएसपी पराजुलीले भने।
प्रहरीले शव पोष्टमर्टमको लागि लग्ने तयारी गरिरहेको छ।