रसुवामा गएको भीषण बाढीमा परी बेपत्ता भएका नागरिकहरूको पहिचान प्रक्रियालाई तीव्रता दिन सरकारले डिएनए नमूना संकलन कार्य सुरू गरेको छ।
बाढीमा हराइरहेका व्यक्तिहरूको पहिचानका लागि काठमाडौँको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा डिएनए नमूना संकलन भइरहेको छ।
प्रहरी प्रशासनका अनुसार बाढीका कारण शवहरू क्षतविक्षत अवस्थामा फेला पर्न सक्ने वा पहिचान गर्न कठिनाइ हुने सम्भावनालाई ध्यानमा राख्दै वैज्ञानिक पद्धतिबाट पहिचान सुनिश्चित गर्न यो कदम चालिएको हो।
बेपत्ता भएका व्यक्तिहरूका प्रत्यक्ष हकवाला वा नजिकका नातेदारहरूलाई नमूना दिनका लागि आग्रह गरिएको छ।
प्रहरी अस्पतालका अनुसार बेपत्ता व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले अस्पताल पुगेर आफ्नो डिएनए नमूना (रगत वा स्वाब) दिन सक्नेछन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहनुका साथै फेला परेका अज्ञात शवहरूको पहिचान संकलित डिएनए नमूनासँग मिलाएर गरिनेछ।
बेपत्ताका परिवारजनलाई यथाशीघ्र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर नमूना प्रदान गरी पहिचान प्रक्रियामा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
तस्बिरहरू:
-1788331623.jpg)
-1788331623.jpg)
-1788331623.jpg)
-1788331623.jpg)
-1788331622.jpg)
-1788331622.jpg)
-1788331623.jpg)
-1788331622.jpg)
-1788331622.jpg)
-1788331622.jpg)
-1788331621.jpg)
-1788331620.jpg)
-1788331621.jpg)
-1788331621.jpg)
-1788331621.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी