सहिदका अनुहारसँग सालिकको स्वरूप नमिलेपछि दुई जना मन्त्री उपस्थित भइसकेको कार्यक्रम नै स्थगित भएको छ।
बुधबार बिहान ललितपुरको सातदोबाटो स्थित राष्ट्रिय खेलकुद परिषद परिसरमा जेनजी पार्क उद्घाटन कार्यक्रम राखिएको थियो।
४५ जना सहिदको सालिक बनाइएको पार्क उद्घाटनका लागि गृहमन्त्री सुदन गुरूङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत पुगिसकेका थिए।
सहिद परिवारले अनुहार नमिलेको गुनासो मन्त्रीसमक्ष राखेपछि उद्घाटन कार्यक्रम रोकिएको हो।
सहिद श्रीयम चौलागाईंका बुवा गणेश प्रसाद चौलागाईंले सहिदका परिवारले सालिकमा अनुहार मिलेन भनेर मन्त्री गुरूङसँग गुनासो गरेको बताए।
'काम पूरा भएको रहेनछ। एक महिनाभित्र दुरूस्तै मिल्नेगरी निर्माण सक्ने र त्यसपछि उद्घाटन गर्ने तय भएको छ,' सहिद पार्कमा पत्रकारहरूसँग कुरा गर्दै चौलागाईंले भने।
अहिले गृहमन्त्री र पूर्वाधार विकासमन्त्री फिल्ड भिजिटका लागि मात्रै आएको बुझ्नुपर्ने बताए।
'सय प्रतिशत मिलेपछि एक महिनापछि उद्घाटन गर्ने भनिएको छ,' उनले भने।
उनले अन्तरिम सरकार हुँदा नै पार्क निर्माणको काम अघि बढाइएको बताए।
तस्बिरहरू:
-1788936226.jpeg)
-1788936226.jpeg)
-1788936226.jpeg)
-1788936226.jpeg)
-1788936226.jpeg)
-1788936226.jpeg)
-1788936225.jpeg)
-1788936225.jpeg)
-1788936225.jpeg)
-1788936225.jpeg)
-1788936224.jpeg)
-1788936224.jpeg)
-1788936224.jpeg)
-1788936224.jpeg)
-1788936224.jpeg)
-1788936224.jpeg)
-1788936223.jpeg)
-1788936223.jpeg)