आज कात्तिक शुक्ल प्रतिपदाका दिन नेपालभर गाई र गोरूको पूजा गरी तिहार मनाइएको छ।
सनातन हिन्दू धर्म र परम्पराअनुसार गाईलाई पवित्र मानी पूजा गर्ने तथा मीठा परिकार खान दिने प्रचलन छ।
गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वाससमेत रहेको छ।
यस अवसरमा काठमाडौंको पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा गाई तथा गोरूको पूजा गरिएको छ।
वर्षभर कृषि कार्यमा जोतिएर मानव जीवनमा महत्त्वपूर्ण योगदान पुर्याउने गोरूको पनि आज पूजा गरी मीठा परिकार खुवाउने परम्परा छ।
यस दिन कृषकहरूले आफ्नो कृषि कर्ममा प्रयोग हुने साधनको समेत पूजा गर्ने गर्छन्।
तस्बिरहरूः
-ink-1794200310.jpeg)
-ink-1794200310.jpeg)
-ink-1794200310.jpeg)
-ink-1794200310.jpeg)
-ink-1794200310.jpeg)
-ink-1794200310.jpeg)
-ink-1794200309.jpeg)
-ink-1794200309.jpeg)
-ink-1794200309.jpeg)
-ink-1794200309.jpeg)
-ink-1794200309.jpeg)
-ink-1794200308.jpeg)
-ink-1794200308.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी