दाङमा भ्रमण टोली सवार बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
लुम्बिनीको भ्रमण सकेर बाँकेको कोहलपुरतर्फ फर्किँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–५ शिवखोलानजिक दुर्घटनामा परेको हो।
दुर्घटनामा बाँकेका १४ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांश बर्दियाका छन् भने केही बाँकेका पनि छन्।
बिहीबार बिहान सवा ८ बजेतिर कोहलपुर नगरपालिका–१४ हल्दापुरका २६ वर्षीय राजकुमार विकले चलाएको भे १ ख ३१३० नम्बरको बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएको थियो।
चालक र सहचालकसहित ५३ जना सवार बसमा रहेका अन्य ३७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–५ जिगाउँका २० वर्षीया पूर्णिमा थापा र २१ वर्षीया अनिषा सुनार छन्।
त्यस्तै, बर्दियाको बासगढी नगरपालिका–३ का १९ वर्षीय जीवन सुनार, २० वर्षीय सन्दीप सुनार, १८ वर्षीया सन्ध्या सुनार, १८ वर्षीया निरुता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली, १६ वर्षीया मनिषा सुनार, १८ वर्षीया पूजा सुनार, दीपक सुनार, १६ वर्षीया पुष्पा सुनार र २२ वर्षीय करण सुनार घाइते भएको दाङ प्रहरीले जनाएको छ।