झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिन (हार्वेस्टर) र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने–राजगढ भित्री सडकखण्डमा मंगलबार राति करिब १०ः४० बजे दुर्घटना भएको हो।
राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००२ त १०४० नम्बरको हार्वेस्टर आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–३ का २० वर्षीय गोपाल ताजपुरिया र वडा नम्बर २ का १७ वर्षीय अशोक राजवंशी छन्।
दुर्घटनापछि हार्वेस्टर चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।