बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्रबहादुर बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेस बागमती संसदीय दल नेतासमेत रहेका बानियाँमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको स्रोतले जानकारी दिएको छ।
उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले अनुमति लिएको हो। प्रहरीले उनी जोडिएको घटनाको विवरण सार्वजनिक भने गरेको छैन।
यसअघि प्रहरीले उनका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो। वैशाखमा सम्पत्ति शुद्धीकरण विभागले उनको घरमा छापासमेत मारेको थियो।
ईन्द्रबहादुर २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशका मुख्यमन्त्री बनेका थिए।