विश्व नम्बर एक टेनिस खेलाडी आर्यना साबालेन्काले घरेलु खेलाडी अमान्डा एनिसिमोभालाई हराउँदै यूएस ओपन महिला एकलको उपाधि रक्षा गरेकी छन्।
बेलारूसकी साबालेन्काले भिडन्तमा ६-३ र ७-६ (७-३) को स्कोरमा जित हासिल गर्दै उपाधि रक्षा गरेकी हुन्।
यसवर्ष दुईवटा ग्रान्डस्लाम फाइनलमा हार ब्यहोर्नबाट बच्न साबालेन्का लागि युएस ओपन महत्वपूर्ण थियो। दोस्रो फाइनल हारको खतरा टारेसँगै साबालेन्काले घुँडा टेकेर भावुक हुँदै खुसी व्यक्त गरेकी थिइन्।
साबालेन्काले ५-४ को अग्रतामा हुँदा खेललाई आफ्नो पक्षमा पार्न सकिनन्। तर उनले पुनरागमन गर्दै टाई-ब्रेकरसम्म पुर्याएकी थिइन्। जहाँ उनउले उत्कृष्ट प्रदर्शन गरिन् र तेस्रो च्याम्पियनसिप प्वाइन्टमा जित सुनिश्चित गरिन्।
२७ वर्षीया साबालेन्का यस सिजनमा डब्ल्यूटिए टुरको सबैभन्दा प्रभावशाली खेलाडी बनेकी छिन्। तर, ग्रान्डस्लाम प्रतियोगिताको अन्तिम चरणमा उनको स्थिरतामाथि प्रश्न उठाइएको थियो।
यसअघि उनले अस्ट्रेलियन ओपन २०२३ र २०२४ मा जितेकी थिइन्। तर यो वर्ष उनी फ्रेञ्च ओपनको फाइनलमा पराजित भएको थिइन्।
अमेरिकी आठौँ वरियताकी एनिसिमोभाले भने लगातार उच्च स्तरको प्रदर्शन कायम राख्न नसक्दा हार बेहोर्नुपर्यो। २४ वर्षीया एनिसिमोभाले आफ्नो पहिलो ग्रान्ड स्लाम फाइनल (जुलाईमा विम्बल्डनमा इगा स्वियाटेकविरुद्ध ६-०, ६-० को हार) भन्दा राम्रो प्रदर्शन गरिन्। तर फेरि पनि उपाधि जित्न नसक्दा उनी आँसु झार्न बाध्य भइन्।