कार्लोस अल्काराजले युएस ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन्। स्पेनिस स्टार अल्काराजले इटालियन यानिक सिनरलाई पराजित गर्दै उपाधि जितेका हुन्।
अल्काराजले न्यूयोर्क भएको उपाधि भिडन्तमा ६-२, ३-६, ६-१, ६-४ को जित दर्ता गरेका हुन्।
पुरुष फाइनल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि उपस्थित भएका थिए। जसका कारण सुरक्षा व्यवस्था कडा पारिएकाले आधा घण्टा ढिलो खेल सुरु भएको थियो।
अल्काराजले सन् २०२२ पछि पहिलो पटक युएस ओपन जितेका हुन्।
यो सिजन उनले तेस्रो ग्रान्डस्लाम जित्न सफल भए। यसअघि उनले अस्ट्रेलियन ओपन र फ्रेञ्च ओपन जितेका थिए।
२२ वर्षीय अल्काराजको ग्रान्डस्लाम उपाधि संख्या ६ पुगेको छ।
जितसँगै अल्काराजले सिनरबाट विश्व नम्बर एक वरीयता पनि खोसेका छन्, जसले ६५ हप्तासम्म यो स्थानमा कब्जा जमाएका थिए।