नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टिम नानगारहार लियोपार्डले अफगानिस्तान प्रिमियर लिग (एपिएल) मा लगातार दोस्रो हार व्यहोरेको छ।
शनिबार कान्दाहार नाइट्सलाई ६ विकेटले हराउँदै विजयी सुरूवात गरेको टोलीले दोस्रो खेलमा पाकटिया प्यान्थर र तेस्रो खेलमा काबुल ज्वानानसँग पराजित भएको हो।
यो सँगै सन्दिपको टिम लियोपार्ड ५ टोली सम्मिलित अंक तालिकाको एक जितसहित चौथो स्थानमा झरेको छ।
मंगलबार राति रासिद खानको टोली काबुलसँग ७ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको लोयोपार्डले निर्धारित २० ओभरमा १८८ रन बनाएको थियो। उसका लागि न्यूजिल्याण्डका एन्टोन डेभचिचले सर्वाधिक ९४ रन बनाउँदै नटआउट रहे। नाजिब तारकाईले ४२ रन बनाएका थिए।
१८९ रनको लक्ष्य पछ्याएको काबुलले १३ बल बाँकी छँदै विजयी भयो। काबुलले लगातार दोस्रो जित निकाल्ने क्रममा हजरातुल्लाहा जाजाईले सर्वाधिक१२४ रन बनाए। ५५ बल मात्र खेलेका उनले ९ छक्का र १२ चौका प्रहार गरेका थिए।
यस्तै लुके रोन्चीले २६ रन बनाएका थिए।
यो जितसँगै काबुल २ खेलमा सतप्रतिशत जितसहित प्रतिगोगिताको दोस्रो स्थानमा उक्लिएको छ।
यसअघि पहिलो खेलमा काबुल जान्नानले पाकटिया प्यान्थरलाई ३ विकेटले हराएको थियो।
सन्दिप लामिछानेले भने लिगका सुरूवाती केही खेल गुमाउने भएका छन्।
नेपालले खेलिरहेको टी–२० विश्वकप छनोट अन्तर्गत एशिया सब रिजनको प्रतियोगिता पछि मात्र उनी युएई जाने भएकाले अफगानिस्तान प्रिमियर लिगका सुरूवाती चार खेल गुमाउने भएका हुन्।
सन्दिपले अब टोलीले खेल्ने तेस्रो र चौथो खेल पनि गुमाउँने भएका छन्। तेस्रो खेल भोलि र चौथो खेल पर्सी खेल्दैछ।
नेपालले खेलिरहेको छनोट प्रतियोगिता अक्टोबर १२ तारिखसम्मै चल्नेछ।
पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन्।
सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान छन्।
आइपीएलमा २० लाख भारू आर्थात नेपाली ३२ लाख रुपैयाँबाट अन्तर्राष्ट्रिय लिगमा ब्यवसायीक क्रिकेट खेलेका सन्दीपलाई अन्तर्राष्ट्रिय लिग प्रतियोगिात खेल्न भ्याइ नभ्याई रहेको छ।
आईपीएलपछि ग्लोबल टी–२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । क्यानडा प्रिमियर लिगपछि वेस्ट इन्डिजमा क्यारेवियन प्रिमियर लिगमा (सीपीएल) ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजार लाख पारिश्रमीक पाएका थिए ।
अफगानिस्तानप्रिमियर लिग (एपीएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमाअनुबन्ध भई सकेका सन्दीपलाई केरला ले ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाखमा अनुबन्ध गरेको छ।