गण्डकी प्रदेश क्रिकेट संघले अष्ट्रेलियाको भिआइटी भिक्टोरिया इन्स्टिच्युट अफ टेक्नोलोजी, मेलवर्नसँग सहकार्य गरेको छ।
भिआइटी र गण्डकी प्रदेशबीच आज मुख्य प्रायोजकको रूपमा औपचारिक घोषणा गरिएको हो।
भिआइटीले गण्डकी प्रदेशमा क्रिकेटको दीर्घकालीन विकास, प्रतिभा पहिचान तथा संरचनागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरेको छ।
पोखरास्थित होटल पौवामा आयोजित एक विशेष कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यनयाँ जर्सी सार्वजनिक गरेका हुन्। जर्सीमा पुरुष तथा महिला दुवै टोलीका लागि भिआइटीलाई शीर्ष प्रायोजकका रूपमा प्रमुख रूपमा समावेश गरिएको छ।
भिआटी अष्ट्रेलियामा सन् १९९८ देखि सञ्चालनमा रहेको संस्था हो।
संघका पदाधिकारीले साझेदारीले गण्डकी प्रदेशमा क्रिकेटको स्तर उकास्न, युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने अवसर सिर्जना गर्न तथा महिला क्रिकेटको सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।