मुलपानी क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको जय ट्रफी इलिट कपको फाइनलको पहिलो दिन बलर हाबी भएका छन्।
नेपाल पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि त्रिभुवन आर्मी क्लबले पहिलो इनिङ्समा २२१ रनमा अलआउट भयो।
तर पुलिसको ब्याटिङ सुरुवात खराब रह्यो – पहिलो दिनको खेल सकिदा पुलिस ४१/३ मा सीमित भएको छ। पुलिस अझै १८० रनले पछि छ।
आर्मीका लागि इमरान शेखले धैर्यपूर्ण ५० रन (१३७ बल, ७ चौका) बनाए। भीम शार्की ३९ (४९ बल, ५ चौका, १ छक्का), कुशल मल्ल ३८ (४८ बल, ५ चौका, २ छक्का), त्रित राज दास ३२ (३४ बल, ६ चौका) र बसिर अहमद ३० (३५ बल, ४ चौका, १ छक्का) ले महत्वपूर्ण योगदान गरे।
पुलिसको बलिङमा राशिद खान ले उत्कृष्ट प्रदर्शन गर्दै ४/१७ लिए। ललित राजवंशी ३/४५ र करण केसी ले पनि ३ विकेट लिए।
आर्मीले ५० रन १४.५ ओभरमा, १०० रन २६.१ ओभरमा, १५० रन ४३.४ ओभरमा र २०० रन ५४.५ ओभरमा बनायो।
नेपाल पुलिस क्लबको लागि दिनेश खरेल ११* (३३ बल, २ चौका) र राशिद खान ३* (१४ बल) नट आउट छन्। आर्मीको बलिङमा सोमपाल कामीले २ विकेट लिए।