अप्रिलको पहिलो साता पाकिस्तानको कराँचीमा पाकिस्तान र बंगलादेशबीच हुने क्रिकेट खेल स्थगित भएका छन्।
पाकिस्तान र बंगलादेश क्रिकेट बोर्डले कराँचीमा हुने एक एकदिवसीय र एक टेस्ट खेल स्थगित गर्न सहमती जनाएका हुन्।
कोरोनाभाइरसको संक्रमणको खतराका कारण खेल स्थगित गरिएको हो।
यसअघि बंगलादेश क्रिकेट टिम मार्च २९ मा कराँची पुग्ने कार्यक्रमा थियो। १ अप्रिलमा दुई टिमबीच एकदिवसीय खेल र ५ अप्रिलदेखि टेस्ट हुने खेल तालिका छ।