इङ्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टीमका कप्तान रोहित शर्मालाई कोरोना संक्रमण भएको छ।
बिसीसीआईका अनुसार शनिबार गरिएको र्यापिड एन्टिजेन टेष्टमा कप्तान शर्मालाई संक्रमण देखिएको हो।
हाल उनी होटलकै आइसोलेसनमा डाक्टरहरूको प्रत्यक्ष निगरानीमा रहेको बीसीसीआईले जनाएको छ।
भारत र इग्ल्याण्डबीच एक टेस्ट म्याच आगामी जुलाई १ तारिकबाट हुनेछ। यो गत वर्षकै टेष्ट शृंखलाको बाँकी खेल हो।
गत वर्ष ५ टेष्ट म्याचको शृंखला खेल्न भारत लण्डन पुगेको थियो तर चार खेलपछि केही खेलाडीमा कोरोना संक्रमण पाइएपछि पाँचौ टेष्ट हुन पाएको थिएन।
भारतीय टीम पाँच टेस्ट म्याचको सिरीजमा २-१ ले अगाडि छ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९, ०७:४७:००