नेपालका राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ताले दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट खेलाउने भएका छन्। प्रतियोगिता भारत र श्रीलंकामा हुँदैछ।
उनी भारत हुँदै १४ नोभेम्बर श्रीलंका जानेछन्। प्रतियोगिताको उद्घाटन खेल नोभेम्बर ११ भारतको नयाँदिल्ली र फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्बर २३ मा हुँदैछ।
उनले श्रीलंकामा हुने दृष्टिबिहीन विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको खेलसहितका विभिन्न खेलमा अम्पायरिङ गर्नेछन्।
विश्वकपमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङल्याण्डले सहभागिता जनाउनेछन्।
यससँगै गुप्ता नेपालबाट दृष्टिविहीन खेलाउने नेपालको पहिलो अम्पायर बन्ने छन्।