दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ।
भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले गएराति चन्डीगढमा भएको टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गरेको हो।
दक्षिण अफ्रिकाले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा भारत १९.१ ओभरमा अल आउट हुँदै १६२ रनमा समेटिएको थियो।
भारतका लागि तिलक वर्माले सर्वाधिक ६२ रन बनाए। उनले ३४ बलमा २ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै जितेश शर्माले १७ बल खेलेर २ चौका र २ छक्का प्रहार गरी २७ रन बनाए।
अक्षर पटेलले २१ र हार्दिक पाण्ड्याले २० रन जोडे।
बलिङतर्फ दक्षिण अफ्रिकाका ओटेनिल बार्टम्यानले चार विकेट लिए।
लुंगी एनगिडी, मार्को जनसेन र लुथो सिपाम्लाले २/२ विकेट लिए।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर २१३ रन बनाएको थियो।
त्यस क्रममा क्वीन्टन डिककले ९४ रन बनाए। उनले ४६ बलमा ५ चौका र ७ छक्का प्रहार गरे।
कप्तान एडेन मारक्रमले २६ बलमा १ चौका र २ छक्का प्रहार गरी २९ रन बनाउँदा डेवल्ड ब्रेविसले १० बलमा १ छक्का र १ चौका प्रहार गरी १४ रन जोडे।
डोनोवल फेरेइरा ३० र डेविड मिलर २० रन बनाएर नट आउट रहे।
बलिङतर्फ भारतका वरूण चक्रवर्थीले २ र अक्षर पटेलले १ विकेट लिए।
टी-२० सिरिजको पहिलो खेल भारतले दक्षिण अफ्रिकालाई १०१ रनले हराएको थियो।
यो नतिजासँगै सिरिज १-१ को बारबरीमा पुगेको छ।
पाँच खेलको सिरिजको तेस्रो खेल आइतबार हुनेछ। चौथो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ।
यसअघि तीन खेलको ओडिआई सिरिज भारतले २-१ को नतिजा निकाल्दै जितेको थियो।