भारतले दक्षिण अफ्रिका विरूद्धको सिरिज जितेको छ।
गएराति भएको अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ३० रनले हराउँदै भारतले सिरिज जितेको हो।
पाँच खेलको सिरिज भारतले ३-१ ले जितेको हो। एक खेल रद्द भएको थियो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको अन्तिम खेलमा २३२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा २०१ रन मात्रै बनाउन सक्यो।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डिककले सर्वाधिक ६५ रन बनाए। उनले ३५ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
डेवाल्ड ब्रेविसले १७ बल खेलेर ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए। डेविड मिलरले १४ बलमा २ चौका प्रहार गर्दै १८ रन जोडे। रेजा हेन्ड्रिक्सले १३ रन बनाए। जर्ज लिन्डेले १६, मार्को जनसेनले १४, कोर्बिन बोसले १७ र लुंगी एन्गिडीले ७ रन जोडे।
बलिङतर्फ वरूण चक्रवर्थीले ४ विकेट लिएका थिए। त्यस्तै जसप्रित बुमराहले २ तथा अर्शदीप सिंह र हार्दिक पाण्ड्याले १/१ विकेट लिएका थिए।
पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २३१ रन बनाएको थियो।
त्यस क्रममा तिलक बर्माले सर्वाधिक ७३ रन बनाए। उनले ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे।
त्यस्तै हार्दिक पाण्ड्याले २५ बल खेलेर ५ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए।
सञ्जु सामसनले ३७, अभिशेक शर्माले ३४ रन जोडे।
बलिङतर्फ दक्षिण अफ्रकाका कोर्बिन बोसले २ तथा ओटनिल बार्टम्यान र जरज लिन्डेले १/१ विकेट लिए।
यसअघि एकदिवसीय सिरिज पनि भारतले नै जितेको थियो।