गत वर्ष र यो सिजन गरी दुई पटक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्दा एकदमै खुसी लागिरहको छ।
किनभने यसपटक अघिल्लो सिजनभन्दा पनि अब राम्रो गर्नु छ भनेर चाहिँ चुनौती थियो। यो पालि अघिल्लो सिजनभन्दा राम्रो भयो। लुम्बिनी लायन्सलाई जिताउन ठूलो भूमिका थियो।
यो सिजनको एनपिएलमा राम्रो गर्नु पर्छ भनेर एक वर्ष पहिलादेखि नै मेहेनत गरिरहेको थिएँ। एक वर्ष राम्रो भएर हुँदैन, अर्को वर्ष पनि राम्रो गर्नु छ भन्ने कुरा सोचेर अघि बढेको थिए। त्यसैले एकदमै ती कुराहरू क्लिक हुँदा चाहिँ एकदमै खुसी लागिरहेको छ।
अघिलेको भन्दा पहिलाको पाँच वर्षअघिको कुरा गर्नु पर्दा क्रिकेटमा केही पनि थिएन। न घरेलु क्रिकेट थियो, न केही अरु क्रिकेट थियो। एउटा हामीहरू धनगढीको लिटल फ्लावर प्रिमियर लिग खेल्थ्यौँ, त्यसले चाहिँ मलाई एकदमै सहयोग गरेको थियो।
किनभने त्यहाँदेखि खेल्दा राष्ट्रियतस्तरसम्म पुग्ने बाटो बन्थ्य। एउटा पिएम कप हुन्थ्यो, त्यसको लागि लिटम फ्लावर एउटा राम्रो बाटो थियो। त्यसमा राम्रो गरेर प्रदेशको टिममा आउने बाटो थियो। रामचन्द्र सरले एकदम राम्रो टुर्नामेन्ट गराउनुहुन्थ्यो।
२०७५ साल मा नेपाल आएको थिएँ। मैले इन्डियामा खेल्छु भन्ने थाहा पाउनुभयो। सुवास शाही सरले कल गर्नुभयो र यहाँ बोलाउनुभयो। त्यतिखेर क्रिकेट बोर्ड थिएन, त्यो एउटा चुनौति थियो। तर म यही सोचेर अगाडि बढेको थिएँ कि मेहेनत गर्छु भने केही न केही बाटो खुल्छ। अहिले मलाई लाग्छ यो मात्र सुरुवात हो, अझै लामो बाटो हिँड्नु छ।
यो सिजनको एनपिएल सुरु हुँदा एउटा म आफ्नो लक्ष्य लिएर गएको थिएँ। विशेषगरी आफ्नो डायरीहरूमा लेखेको थिएँ। ती कुराहरू हुँदा खुसी लाग्छ। लाइफमा राम्रो हुँदा धेरै प्रोत्सात्हन पनि पाइन्छ र नराम्रो गर्दा गाली पनि पाइन्छ, म यो कुराहरूलाई एउटै स्थानमा राख्छु। मलाई लाग्छ मैले अझै केही गरेको छैन, यो मेहेनतको नजिता हो। अझै बढी मेहेनत गर्नेछु। अप्स एन्ड डाउन (प्रदर्शनमा तल माथि) जे भए पनि यसरी नै सपोर्ट गर्नुहोला। मेरो बेस्ट (उत्कृष्ट) आउन अझै बाँकी छ।
सुदूरपश्चिम एकदमै सन्तुलित र एकनासको प्रदर्शन टिम थियो। गत वर्ष उनीहरूले राम्रो ब्याटिङ गरे पनि हामीले (जनकपुर बोल्ट्स) लक्ष्य पूरा गर्यौ। यो पालि सुदूरपश्चिमले (लुम्बिनी लायन्सविरूद्ध) सोचे जस्तो खेल्न सकेन, कहिलेकाहीँ खराब हुन्छ। तर हामी लुम्बिनी लायन्स जुन लय र रफ्तारमा थियौँ, त्यसलाई तोड्न कुनै पनि टिमलाई गाह्रो थियो। सबै खेलाडीहरूले एकदमै राम्रो प्रदर्शन गरिरहनुभएको थियो। हामीले जित्यौँ, धेरै खुसी लाग्यो।
क्रिकेटर सबैको मनपर्ने लिग अहिले भारतको आइपिएल नै हो। आफ्नो देशको लिग राम्रो हुँदा खुसी लाग्छ। यहाँ राम्रो गरेपछि राष्ट्रिय टिम र अरु लिगहरूको बाटो खुल्छ। एनपिएलले हामीलाई आर्थिक, समर्थक र माया सबै कुरामा फाइदा दिएको छ।
पहिलेको तुलनामा क्रिकेट खेल्ने दिन धेरै बढिसक्यो। अहिले धेरैको माइन्डसेट नेपाल भन्दा पनि एनपिएल खेल्ने भइसकेको छ, किनभने यसमा आर्थिक कुराहरू पनि छन्।यो भर्खर सेकेन्ड सिजन हो, आउने दुई-तीन वर्षमा यो अझै राम्रो हुनेछ।
म जहिले पनि सकारात्मक सोच्छु। नेपालको राष्ट्रिय टोलीका लागि खेल्नु गर्वको कुरा हो। र विश्वकप खेल्ने सबैको सपना हुन्छ। मेरो हातमा प्रदर्शन गर्नु र खेलमा केन्द्रीत हुनु मात्र छ। जहिले पनि 'गड्स प्लान (भगवानको योजना)' लेखेर पोस्ट गर्छु, बाँकी कुरा भगवानमा छोडेको छु। छनोट हुने क्षेत्र मेरो हातमा छैन।
भारतीय कमेन्टेटर आकाश चोपडाले नेपालको बेस्ट मिस्ट्री बलर र आइपिएल खेल्न सक्ने भनेको कुरा सामाजिक सञ्जालबाट थाहा पाए। यत्रो ठूलो मान्छेले यसरी भन्नु मेरो लागि ठुलो प्रोत्साहान र आत्मविश्वास मिल्नु हो। उहाँले केही सुधार गर्नुपर्छ पनि भन्नुभएको छ, म आफूलाई अझै राम्रो बनाउन काम गर्नेछु।
सुदूरपश्चिमको डोटी जिल्लाको केआई सिंह गाउँपालिकाको प्रतिनिधित्व गर्छु। म जहिले पनि आफूमाथि विश्वास राख्छु।अनुशासन, इमानदारीता र कडा परिश्रम सबै एकसाथ गर्यो भने अवश्य पनि नजिता पायन्छ। त्यसैले उहाँ सबैलाई जे कुरा पनि मन लगाएर गर्नुहोस् भन्न चाहान्छु।
यदि नेपालको टोलीमा परेर टी-२० विश्वकप खेले भने भारतको मुम्बईको वानखेडे रंगशालामा इंग्ल्यान्डविरूद्धको खेलमा जोस बटलरको विकेट लिन चाहान्छु।
बोलन्या थली धनगढीले शनिबार आयोजना गरेको एक कार्यक्रम आफ्नो क्रिकेट यात्रा र नेपाल प्रिमियर लिग (एनपिएल) मा सफलताबारे स्पिनर शेर मल्लले प्रस्तुत गरेको धारणाको सम्पादित अंश। शेर मल्लले पहिलो सिजनको एनपिएल जनकपुर बोल्ट्सका लागि जित्दा दोस्रो सिजन लुम्बिनी लायन्सबाट च्याम्पियन बनेका थिए। उनी दुवै सिजनको एनपिएल जित्ने एक्ला खेलाडी हुन्।