इंग्ल्यान्डले आइसिसी टी-२० विश्वकपका २०२६ का लागि आफ्नो प्रारम्भिक टोली घोषणा गरेको छ।
विश्वकपअघि श्रीलंकाको भ्रमण गर्ने इंग्ल्यान्डको कप्तानि ह्यारी ब्रुकले गर्नेछन्। हाल चोटग्रस्त रहेका तीव्र गतिका बलर जोफ्री आर्च पनि टोलीमा छन्।
विश्वकपअघि इंग्ल्यान्डले श्रीलंकामा तीन एकदिवसीय र तीन टी-२० को दुई सिरिज खेल्नेछ।
त्यसपछि हुने विश्वकपमा इंग्ल्यान्ड समूह ‘सी’ मा छ। समूहमा नेपाल पनि छ। यो समूहमा नेपाल र इंग्ल्यान्डसहित बंगलादेश, वेस्ट इन्डिज र इटाली छन्।
समूहमा नेपाल र इंग्ल्यान्डबीच पहिलो खेल हुने तय छ। नेपाल र इंग्ल्यान्ड माघ २५ गते मुम्बईमा भिड्नेछन्।
श्रीलंका टी२०आई र टी२० विश्वकपको लागि इंग्ल्यान्डको प्रारम्भिक टोली
ह्यारी ब्रुक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर (विश्वकप मात्र), टम ब्यान्टन, जेकब बेथेल, जोस बटलर, ब्राइडन कार्से (श्रीलंका टुर मात्र), साम करन, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल रशिद, फिल साल्ट, जोश टङ्ग, लुक उड