स्पिनर शेर मल्ल बागबजारको गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डरमा रूपमा आबद्ध भएका छन्।
आइतबार क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबीच औपचारिक सम्झौता भएको थियो।
क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् । उनी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन्।
बलिङमा रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन् । गौतम एजुकेशनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको मल्लले बताए ।
गौतम एजुकेसन कम्पनीका सीईओ इन्द्रजीत गौतमले शेर मल्ल जस्तो सुपरस्टार खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए ।
गौतम एजुकेशनले अध्ययनका लागि अस्ट्रेलिया, यूके, जापान, क्यानडा र अमेरिका जाने चाहना राख्ने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको छ।