आइसिसी टी-२० विश्वकप २०२६ को तयारी गर्न नेपाली टोली श्रीलंका जाँदैछ।
माघ २४ देखि भारत र श्रीलंका हुने विश्वकपका लागि नेपालले सुरुमा श्रीलंका र त्यसपछि भारतको मुम्बईमा अन्तिम तयारी गर्नेछ।
नेपालले विश्वकपमा समूह चरणमा सबै खेल मुम्बईको वाङखाडे रंगशालामा खेल्नेछ।
श्रीलंका जानुअघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पछिल्लो एक साता रुपन्देहीको एक्स्ट्राटेक ओभलमा अभ्यास गरेको बताउँदै यसले मुम्बईको विकेटमा खेल्न सजिलो हुने बताए।
उनले एक्स्ट्राटेक र मुम्बईको विकेट मिल्दो भएकाले खेल्न सजिलो हुने पनि बताए। उनले अघि भने, ‘मुम्बईको विकेट ब्याट्सम्यानहरूका लागि निकै राम्रो र उच्च स्कोर बन्ने खालको छ। दक्षिण पनि मुम्बईको विकेटमा रन बनाउन सजिलो हुने भएकाले सबै खेलाडीहरू उत्साहित छन्।’
उनले नेपाली टोलीको कम्बिनेसन र सन्तुलन राम्रो भएको छ। उनले भने, ‘टोलीमा फेक्जिबिलिटी छ र सबै खेलाडीहरू उत्साहित छन्। कोचिङ विभाग, विशेष गरी प्रशिक्षकको अनुभव र अस्ट्रेलियाको अनुभवले टोलीलाई विश्वकपमा ठूलो फाइदा पुऱ्याउने विश्वास छ।’
विश्वकपको तयारीका लागि १८० रनको विकेटलाई आधार मानेर अभ्यास भइरहेको बलरहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। बलरले प्रति ओभर ७ देखि ९ रनको औसतमा रन रोक्ने योजनामा केन्द्रित रहेर काम गरिरहेको र लिग चरणमा रनको दबाब हुने भए पनि योजनाअनुसार प्रदर्शन गर्ने लक्ष्य राखिएको उनले बताए।
सरकारले घोषणा गरेको पुरस्कारले खेलाडीहरूलाई थप उत्प्रेरणा दिए पनि विश्वकपमा छनोट भएपछि घोषणा भएको पुरस्कार प्राप्त नभएको बताए।
कप्तान पौडेलका अनुसार यस पटकको विश्वकप अहिलेसम्मकै धेरै नेपाली दर्शकहरूले हेर्नेवाला छन्। नेपालसँगै बंगलादेश र भारतका दर्शकहरूको पनि राम्रो साथ रहने अपेक्षा उनको छ।
नेपालले माघ ६ गते श्रीलंकमा पहिलो अभ्यास खेल खेल्नेछ। त्यहाँ एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई आउनेछ। मुम्बईमा पहिलो अभ्यास खेल माघ १५ मा खेल्नेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

आरिफ शेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलोपटक विश्वकप खेल्न लागेका हुन्। शेर मल्लले त विश्वकपबाट नेपाली सिनियर राष्ट्रिय टोलीमा डेब्यू गर्ने सम्भावना छ।
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललित राजवंशी,करण केसी,सन्दीप जोरा र सन्दीप लामिछाने गरी ९ खेलाडीले भने लगातार दोस्रोपटक विश्वकप खेल्ने टोलीमा स्थान बनाएका हुन्। यी ९ खेलाडी सन् २०२४ को नेपालको विश्वकप टोलीमा पनि थिए।
सन् २०१४ को विश्वकप खेलेका सोमपाल कामीले त लगातार तेस्रोपटक विश्वकप टोलीमा परेर इतिहास रचेका छन्।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।
नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई