आइतबारदेखि काठमाडौंका दुई मैदानमा आइसिसी वुमन्स टी-२० विश्वकप छनोट प्रतियोगिता हुँदैछ। १० टोली सहभागी प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
यो प्रतियोगिताका शीर्ष चार टोली सन् २०२६ को जुनमा इंग्ल्यान्ड र वेल्समा हुने टी-२० विश्वकपमा पुग्नेछन्।
प्रतियोगिताअघि नेपाली टोलीका कप्तान इन्दू बर्माले राम्रो क्रिकेट खेल् र प्रतियोगिता राम्रो हुने बताए। साथै उनले नेपाली महिला टोलीलाई १८ वर्षपछि विश्वकपमा पुग्ने मौका आएको बताइन्। यो प्रतियोगितामा ठूला टोलीसँग खेल्ने अवसर पाएको बताएँदै उत्साहित भएको बताइन्।
यस्तै नेपाली महिला क्रिकेट टोलीका लागि यो प्रतियोगिता टर्निङ प्वाइन्टभएको बताउँदै नेपाल क्रिकेट संघलाई पनि अवसर भएको बताइन्। क्यानले आयोजना गर्न लागेको यो आइसिसीको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।
नेपाली टोली
इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान, रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरि, मनीषा उपाध्याय।
टी-२० विश्वकपको विश्व छनोटका खेल नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछन्। खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध हुनेछ।
समूह बीममा नेपालले स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। छनोटमा १० देश सहभागी हुनेछन्। तीमध्ये शीर्ष चार देश इङल्याण्ड र वेल्समामा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्। समूहमा शीर्ष तीन-तीन टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सबाट शीर्ष चार टोली विश्वकपमा पुग्नेछन्।
समूह ए : बंगलादेश, आयरल्यान्ड, पिएनजी, नामिबिया, अमेरिका
समूह बी : स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, नेपाल
विश्वकप छनोटमा नेपालको खेल
नेपाल भर्सेस थाइल्यान्ड – त्रिवि मैदान – माघ ४
नेपाल भर्सेस नेदरल्यान्ड्स -त्रिवि मैदान– माघ ८
नेपाल भर्सेस जिम्बावे – त्रिवि मैदान – माघ १०
नेपाल भर्सेस स्कटल्यान्ड – त्रिवि मैदान – माघ १२