आइसिसी टी-२० विश्वकप २०२६ को तयारीका लागि श्रीलंकमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका ‘ए’ विरुद्धको पहिलो अभ्यास खेलमा ४ विकेटको पराजित भोगेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर नेपालले १८५ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक रन बनाउने क्रमा ४२ बलमा ६१ रन बनाए। यस्तैं आरिफ शेखले २७ बलमा ४२ रन र कप्तान रोहित पौडेलले ३१ रनको योगदान गरे।
१८६ रनको लक्ष्य श्रीलंकन टोलीले २८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि लाहिरु उडाराले ७३ रन बनाए।
बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे।
अब नेपालले श्रीलंका ‘ए’ सँग थप दुई खेल (जनवरी २२ र २४ मा) खेल्नेछ। त्यसपछि टोली भारत गएर थप अभ्यास खेलहरू खेल्ने कार्यक्रम छ।
एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई आउनेछ। मुम्बईमा पहिलो अभ्यास खेल माघ १५ मा खेल्नेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्।
नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई