चितवनको पर्यटकीय स्थल सौराहामा कर्पोरेट खेलकुद प्रतियोगिता ‘जंगल सफारी क्रिकेट– २०२६’ आयोजना हुने भएको छ।
इभेन्ट्स दरबार प्रा.लि.ले आगामी फेब्रुअरी २० देखि २२ सम्म सौराहाको ल्याण्डमार्क होटल्स एण्ड रिसोट्र्समा यो प्रतियोगिता आयोजना गर्ने जनाइएको छ । सन् २०१९ देखि ‘जंगल क्रिकेट’ को नामबाट सुरु भएको यो प्रतियोगिता यस पटक ‘जंगल सफारी क्रिकेट’ को नयाँ स्वरूपमा सञ्चालन हुन लागेको हो।
यसले खेलकुदसँगै कर्पोरेट नेटवर्किङ, मनोरञ्जन र पर्यटनलाई एकैसाथ जोड्ने लक्ष्य राखेको छ । २ रात ३ दिनको यो प्याकेजमा सहभागीहरूले क्रिकेट मात्र नभई ‘जंगल फील’ थिममा टिम बिल्डिङ र आरामको अवसर पाउने छन् । यसैगरी प्रतियोगितामा बैंक, वित्तीय संस्था, आईएनजीओ र कूटनीतिक नियोगका टिमहरू सहभागी हुन सक्ने छन् भने महिला खेलाडीहरूको सहभागितालाई विशेष प्रोत्साहन गरिएको छ ।
खेलको समापनसँगै भव्य गाला नाइट आयोजना हुनेछ । कार्यक्रमलाई भव्य बनाउन भत्स फोटो ग्यालेरी (सेल्फी बुथ), ग्ल्याम दरबार (मनोरञ्जन) रे एपेक्स (मार्केटिङ), डिजिटल कार्यालय र सवारी बुकिङलगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।
विगतका संस्करणहरूमा कर्पोरेट क्षेत्रबाट पाएको सकारात्मक प्रतिक्रिया र प्रायोजकहरूले प्राप्त गरेको ‘ब्रान्ड माइलेज’ का कारण यस पटकको संस्करण अझै परिष्कृत हुने आयोजक इभेन्ट्स दरबारले जनाएको छ ।
सहभागिताका लागि सिटहरू सीमित भएकाले ‘पहिले आउनेलाई प्राथमिकता’ दिइने आयोजकले बताएका छन् । थप जानकारीका लागि आयोजक संस्था इभेन्ट्स दरबार प्रा.लि. मा सम्पर्क गर्न सकिने छ ।