आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई स्कटल्यान्डले १४१ रनको लक्ष्य दिएको छ।
सुपर-६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्।
अलिसा लिस्टरले २२ रन बनाइन भने विकेटकिपर साराह बाइसले १८ रन जोडिन्।
१२औं ओभरमा ७९ रन बनाउदा ६ विकेट गुमाएको स्कटल्यान्डको इनिङ चटर्जीले सम्हालेकी थिइन्।
बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुबिना क्षेत्रीको नाममा ३ विकेट रह्यो।
समूहमा यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजय भोगेको नेपालले जिम्बावेलाई भने हराएको थियो।
अब स्कटकल्यान्डलाई हराएर नेरदल्यान्ड्स र थाइल्यान्डबीचको नजिता नेपालको पक्षमा आए नेपाल समूह ‘बी’ मा शीर्ष तीनमा परेर सुपर-६ मा पुग्नेछ।