अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एसिया क्षेत्रको २०२६ को सम्मेलन नेपालमा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीको २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने शुक्रबार जानकारी दिएको हो।
यो सम्मेलन आगामी वैशाख ३ र ४ गते काठमाडौंमा हुने भएको हो।
क्यानका अनुसार यो सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारीहरू, प्रशासकहरू र प्रतिनिधिहरू एकै ठाउँमा भेला हुनेछ।
भेलमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रमहरू, शासनसम्बन्धी विषयहरू र भावी दिशाबारे छलफल हुनेछ।