नेपाली राष्ट्रिय क्रिकेट महिला टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
बुधबार दिउँसो एक होटलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जर्सी अनावरण गरेका हुन्।
नेपाली महिला टोलीलाई एक्स्ट्रिम इनर्जी ड्रिन्क्सले वार्षिक ८० लाख रुपैयाँको प्रायोजन गरेसँगै नयाँ जर्सी सार्वजनिक भएको हो। यो जर्सी नेपालले एसियन क्रिकेट काउन्सिल (एसिसी) ले थाइल्यान्डको बैंककमा आयोजना हुने राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा पहिलोचोटी प्रयोग गर्नेछ।
यो प्रतियोगिताका लागि पहिल्यै समूह विभाजन र खेल तालिका सार्वजनिक भइसकेको छ।
यो टी–२० फर्म्याटको प्रतियोगिता फेब्रुअरी १३ देखि २२ सम्म सञ्चालन हुनेछ, जसमा एसियाका उदीयमान खेलाडीहरूले भाग लिनेछन्। यसलाई पहिले इमर्जिङ एसिया कपको नामले चिनिन्थ्यो।
प्रतियोगितामा पूर्ण सदस्य राष्ट्रहरूका ‘ए’ टिमहरू र एसोसिएट सदस्यहरूका राष्ट्रिय टिमहरू सहभागी छन्। कुल ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।
प्रत्येक समूहमा राउन्ड रोबिन फर्म्याटमा ३–३ खेल खेलिनेछन्। समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल फेब्रुअरी २० मा र फाइनल फेब्रुअरी २२ मा खेलिनेछ। कुल १५ खेलहरू हुने यो प्रतियोगिताले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
समूह विभाजन
• समूह ‘ए’ : भारत ‘ए’, पाकिस्तान ‘ए’, युएई, नेपाल
• समूह ‘बी’ : बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया, थाइल्यान्ड
नेपाल समूह ‘ए’ मा परेको छ, जसलाई बलियो समूह मानिएको छ। नेपालले आफ्नो अभियान पाकिस्तान ‘ए’ विरुद्ध फेब्रुअरी १३ मा सुरु गर्नेछ। यसपछि युएई र भारत ‘ए’ सँग खेल्नेछ।नेपालका लागि यो प्रतियोगिता उदीयमान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्ने अवसर हुनेछ।
तस्बिरहरू:
-1770196897.jpeg)
-1770196897.jpeg)
-1770196896.jpeg)
-1770196896.jpeg)
-1770196893.jpeg)
-1770196893.jpeg)
-1770196894.jpeg)
-1770196894.jpeg)
-1770196892.jpeg)
-1770196892.jpeg)
-1770196892.jpeg)
-1770196892.jpeg)
-1770196891.jpeg)
-1770196891.jpeg)