आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ।
मुम्बईको वानखेडेमा टस जितेर वेस्ट इण्डिजले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो।
ओपनर कुशल भुर्तेल पहिलो ओभरको पाँचौं बलमा आउट भएका हुन्।
उनले एक रनमात्रै बनाए।
कुशलको विकेटपछि कप्तान रोहित पौडेले ब्याटिङमा आएका छन्।
आजको खेल नेपालले जित्नै पर्नेछ।
समूह सीमा अघिल्लो दुई खेल गुमाइसकेको अवस्थामा सुपर-८ को सम्भावना जीवित राख्नका लागि नेपालले फराकिलो जित निकाल्नुपर्नेछ।