आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले खराब सुरूवात गरेको छ।
सातौं ओभरसम्म नेपालले चार विकेट गुमाएको छ।
नेपालले पछिल्लो विकेट आरिफ शेखको गुमाएको छ। आरिफलाई जेसन होल्डरले म्याथ्यू फोर्डबाट क्याच आउट गराए।
आरिफले २ रनमात्रै बनाए।
कप्तान र दुवै ओपनर नेपालले पावरप्लेमै गुमाएको थियो।
मुम्बईको वानखेडेमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो।
ओपनर कुशल भूर्तेल पहिलो ओभरको अन्तिम बलमा एक रन बनाएर आउट भएका थिए।
उनी अकिल हुसेनबाट बोल्ड भएका थिए।
त्यसपछि आएका कप्तान रोहित पौडेल चौथो ओभरको पहिलो बलमा आउट भएका हुन्।
कप्तान रोहितलाई वेस्ट इण्डिजका म्याथ्यु फोर्डले एलबिडब्लु धरापमा पारेका थिए।
अर्का ओपनर आशिफ शेख पाँचौं ओभरको पहिलो बलमा आउट भएका हुन्।
उनलाई जेसन होल्डरले विकेट लिएका हुन्।
चार विकेटपछि लोकेश बम ब्याटिङमा आएका छन्।
आठौं ओभर चलिरहँदा नेपालले २६ रन बनाएको छ।