आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ।
नेपालले गुल्सन झाको विकेट गुमाएको हो।
गुल्सन १५ औं ओभरको अन्तिम बलमा रोस्टन चेसको बलमा बोल्ड आउट भएका हुन्।
आउट हुनुअघि उनले १४ बलमा ११ रन बनाएका थिए। उनले एक छक्का प्रहार गरेका थिए।
मुम्बईको वानखेडेमा नेपालले ११ औं ओभरको चौथो बलमा लोकेश बमलाई गुमाएको थियो।
लोकेशलालई समर जोशेफले आउट गरेका हुन्।
आउट हुनुअघि लोकेशले १५ बल खेलेर २ चौका हान्दै १३ रन बनाएका थिए।
उनको विकेटपछि गुल्सन झा ब्याटिङमा आएका छन्।
नेपालले सातौं ओभरको तेस्रो ओभरमा आरिफ शेखको विकेट गुमाएको थियो। आरिफलाई जेसन होल्डरले म्याथ्यू फोर्डबाट क्याच आउट गराए।
आरिफले २ रनमात्रै बनाए।
कप्तान र दुवै ओपनर नेपालले पावरप्लेमै गुमाएको थियो।
मुम्बईको वानखेडेमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको थियो।
ओपनर कुशल भूर्तेल पहिलो ओभरको अन्तिम बलमा एक रन बनाएर आउट भएका थिए।
उनी अकिल हुसेनबाट बोल्ड भएका थिए।
त्यसपछि आएका कप्तान रोहित पौडेल चौथो ओभरको पहिलो बलमा आउट भएका हुन्।
कप्तान रोहितलाई वेस्ट इण्डिजका म्याथ्यु फोर्डले एलबिडब्लु धरापमा पारेका थिए।
अर्का ओपनर आशिफ शेख पाँचौं ओभरको पहिलो बलमा आउट भएका हुन्।
उनलाई जेसन होल्डरले विकेट लिएका हुन्।
चार विकेटपछि लोकेश बम ब्याटिङमा आएका छन्।
१६ औं ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर ८२ रन बनाएको छ।