आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को बहुप्रतिक्षित भिडन्तमा पाकिस्तानले टस जितेको छ।
श्रीलंका जारी टस जितेर पाकिस्तानले फिल्डिङ रोजेको छ। टसको बेलमा दुवै टोलीका कप्तानले एकअर्कासँग हात भने मिलाएनन्।
पाकिस्तानका कप्तान सलमान अली आगाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। उनले पिचलाई ‘ट्याकी’ (सुरुमा चिपचिपे/ढिलो) भनेका थिए। जुन रात पर्दै जाँदा राम्रो बन्न सक्छ।
भारतका कप्तान सूर्यकुमार यादवले भने, ‘हामी जे सुकै भए पनि पहिले ब्याटिङ गर्थ्यौं, किनकि पिच अझ ढिलो हुने र ड्यूको असरलाई स्पिनले काउन्टर गर्ने अपेक्षा छ।’
सेप्टेम्बर २०२५ को एसिया कपदेखि नै जारी हात नमिलाउने नीति आज पनि कायम रह्यो। सूर्यकुमार यादव र सलमान अली आगाबीच हात मिलेन – न त टसमा, न त आँखा जुधाउने प्रयास गरे। भारतले यो नीति पहलगाम आतंकवादी हमला
रत्यसपछिको कूटनीतिक तनावका कारण अपनाएको छ।
भारतको प्लेइङ ११ :
१. इशान किशन (विकेटकिपर), २. अभिषेक शर्मा, ३. तिलक वर्मा, ४. सूर्यकुमार यादव (कप्तान), ५. हार्दिक पाण्ड्या, ६. शिवम दुबे, ७. रिंकु सिंह, ८. अक्षर पटेल, ९. कुलदिप यादव, १०. वरुण चक्रवर्ती, ११. जसप्रीत बुमराह।
पाकिस्तानको प्लेइङ ११ :
१. साहिबजादा फरहान, २. सैम अयुब, ३. सलमान आगा (कप्तान), ४. बाबर आजम, ५. शादाब खान, ६. उस्मान खान (विकेटकिपर), ७. मोहम्मद नवाज, ८. फहीम अशरफ, ९. शाहिन शाह अफ्रिदी, १०. उस्मान तारिक, ११. अबरार अहमद।