आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाललाई अन्तिम खेलमा स्कटल्यान्डलेसँग खेलिरहेको छ। स्कटल्यान्डले १७ ओभरमा १४५ रन बनाएको छ भने चार विकेट गुमाएको छ।
स्कटल्यान्डका लागि ओपनिङ ब्याटर ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गर्न सफल भए।
स्कटल्यान्डले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरूवात गर्यो। पहिलो विकेटको साझेदारी नेपालका कप्तान रोहितकुमार पौडेलले तोडे। रोहितले दशौं ओभरको अन्तिम बलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई २७ रनमा आउट गरे। रिभर्स स्विप गरेका मन्सेलाई रोहितले लङ अनमा सन्दीप जोराबाट क्याच गराए। उनले २९ बलमा चार चौका प्रहार गरे।
उनै सन्दीप जोराले १४औं ओभरमा भने क्याच छाडे। १४औं ओभरको पहिलो बलमा नन्दन यादवको बलमा १६ रनमा ब्रान्डन म्याकमुलेनको क्याच जोराले छाडेका थिए। आकासिएको बल क्याच लिने क्रममा उनले सहि ठम्याउन नसक्दा हातमा लागेर भुइँमा झर्न पुगेको थियो। त्यसबेला स्कटल्यान्डको स्कोर १ विकेटको क्षतिमा ११० रन भइसकेको थियो।
स्कटल्यान्डले ६ ओभरको पावरप्लेमा विनाविकेटको क्षतिमा ५२ रन बनाएर नेपाली बलरमाथि सुरूमै दबाब बढाएका थिए। जर्ज मन्सेले सम्हालिएर खेले पनि अर्का ओपनर माइकल जोन्स आक्रामक ब्याटिङ गरेका थिए। उनले ३१ बलमै अर्धशतक पूरा गर्दा नेपाली बलरलाई ६ चौका र २ छक्का प्रहार गरेका थिए।
आक्रामक ब्याटिङ गरेका जोन्सले दोस्रो विकेटका लागि म्याकमुलेनसँग ५२ रनको साझेदारी गरेका थिए। नेपालका लागि खतरा देखिएका उनलाई १६औं ओभरको दोस्रो बलमा सोमपाल कामीले बोल्ड गरिदिए। सोमपालबाट बोल्ड हुनुअघि उनले ७१ रन जोड्दा ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। एक बलपछि सोमपालले अर्को विकेट लिए। उनले म्याकमुलेनलाई पीचमै एक हाते उत्कृष्ट क्याच लिएका थिए। म्याकमुलेन २५ रन जोड्ने क्रममा १९ बलमा १ चौका र १ छक्का प्रहार गरे।
लोकेश बमले १७ औं ओभरमा बाउन्ड्री नजिक बेरिङटनको क्याच मिस गरेका थिए। लङ अफमा भुर्तेलको बलमा बमले क्याच लिन खोजे पनि हातबाट खुस्किएर छक्का भएको थियो।
बलिङमा नेपालका सोमपालले २ विकेट लिएका छन्।
खेलमा नेपालले करण केसीको स्थानमा सन्दीप जोरालाई खेलाएको हो। यससँगै १५ सदस्यीय नेपालको टोलीबाट बसिर अहमदले मात्र यसपटक मौका पाउन सकेनन्। समूह ‘सी’ मा नेपाल लगातार तीन खेल हार्दै बाहिरिएको थियो। यस्तै
स्कटल्यान्ड पनि बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइँको रुपमा रहेको छ।