नेपाली राष्ट्रिय टोलीले अगस्टको दोस्रो साता अस्ट्रेलिया भ्रमण गर्ने भएको छ।
नेपालले अस्ट्रेलियाको नर्थन टेरिटोरीस्थित डार्बिनमा टप एन्ड टी-२० क्रिकेट प्रतियोगिता खेल्ने भएको हो।
यो प्रतियोगितामा नेपालले कम्तिमा पनि ६ खेल खेल्नेछ।
जसमा एनटी स्ट्राइकसँगै बंगलादेश, होबार्ट हुरिकेन्स लगायतका टोलीसँग खेल्ने नेपाल क्रिकेट संघ (क्यान) को भनाइ छ। क्यानले बंगलादेश र हुरिकेन्सको टोलीबारे खुलाएको छैन। तर हुरिकेन्सको टोली एकेडेमीको हुनेछ भने बंगलादेशको ए टोलीले भाग लिनेछ।
नेपालको खेल तालिका
नेपाल भर्सेस एनटी स्ट्राइक २१ अगस्ट
नेपाल भर्सेस बंगलादेश २२ अगस्ट
नेपाल भर्सेस होबार्ट हुरिकेन्स २४ अगस्ट
नेपाल भर्सेस एसिटी कमेन्ट्स २६ अगस्ट
नेपाल भर्सेस किंग्समेन २७ अगस्ट
नेपाल भर्सेस भिक्टोरिया २९ अगस्ट