पोखरा एभेन्जर्सले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि श्रीलंकाका अलराउन्डर धनन्जय लक्षनसँग सम्झौता गरेको छ।
पोखराले दोस्रो सिजनमा राम्रो प्रदर्शन गरेको आधारमा लक्षनसँगको सहकार्यलाई निरन्तरता दिएको हो।
अघिल्लो सिजन उनले तीन खेलमा १० विकेट लिँदै प्रभावशाली खेल देखाएका थिए। \
श्रीलंकाको राष्ट्रिय टोलीबाट तीन एकदिवसीय खेल खेलेका २७ वर्षीय लक्षनले सन् २०२१ मा इंग्ल्यान्डविरूद्ध डेब्यू गरेका थिए।
यसअघि पोखराले बंगलादेशका अलराउन्डर शाकिब अलहसनलाई पनि भित्र्याएको थियो।
सिजनमा पोखराको प्रशिक्षकमा श्रीलंकाकै अजन्था मेन्डिससँग सम्झौता गरेको थियो।
यो सिजनको एनपिएल दशैंपछि अर्थात् कात्तिक दोस्रो साता गर्ने तयारी छ।