नेपाली क्रिकेटका लागि आगामी एक महिना निकै व्यस्त रहने भएको छ, जहाँ नेपालले तीनवटा छुट्टाछुट्टै प्रतियोगितामा सहभागिता जनाउँदै छ।
यसका लागि नेपाल क्रिकेट संघ (क्यान) ले फरक-फरक प्रतियोगिताका लागि टोलीको घोषणा गरेको छ, जसमा महत्वपूर्ण फेरबदल र खेलाडीको पुनरागमन देखिएको छ।
लेग स्पिनर सन्दीप लामिछानेलाई रोहित पौडेलको स्थानमा एकदिवसीय टोलीको कप्तान नियुक्त गरिएको छ।
सन्दीपको यो दोस्रो कप्तानको कार्यकाल हो। सन् २०२२ मा पक्राउ पुर्जी जारी भएपछि उनलाई कप्तानबाट निलम्बन गरिएको थियो। त्यसपछि रोहित पौडेल नेपालको कप्तान बनेका थिए।
जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि सन् २०२४ मा पाटन उच्च अदालतले प्रमाणको अभाव भन्दै सफाइ दिएको थियो।
सन्दीपले यसअघि १४ एकदिवसीय खेलमा नेपालको नेतृत्व गरिसकेका छन्। टी-२० मा भने दीपेन्द्र सिंह ऐरीले नै कप्तानको भूमिका निभाउनेछन्।
१. टप एन्ड टी-२० सिरिज (नेपाल 'ए' टोली)
अस्ट्रेलियाको डार्विनमा अगस्ट २१ देखि ३० सम्म हुने यस सिरिजमा नेपाल 'ए' ले सहभागिता जनाउँदै छ । यस टोलीको नेतृत्व अनिल कुमार साहले गर्नेछन्।
टोली : १. अनिल कुमार साह (कप्तान) २. त्रित राज दास ३. मयन यादव ४. कुशल भुर्तेल ५. पवन सर्राफ ६. दीपक डुम्रे ७. कुशल मल्ल ८. लोकेश बम ९. राशिद खान १०. नारायण जोशी ११. आकाश चन्द १२. शाहब आलम १३. विपिन खत्री १४. युवराज खत्री १५. रिजन ढकाल
प्रतिस्पर्धी टोलीहरू: नेपालले एनटी स्ट्राइक (२१ अगस्ट), बंगलादेश (२२ अगस्ट), होबार्ट हुरिकेन्स (२४ अगस्ट), एसिटी कमेन्ट्स (२६ अगस्ट), किंग्समेन (२७ अगस्ट) र भिक्टोरिया (२९ अगस्ट) सँग खेल्ने तालिका रहेको छ।
यो टी-२० सिरिज सकिएपछि नेपाल 'ए' ले न्युजिल्यान्ड 'ए', साउथ अस्ट्रेलिया र तास्मानियासँग एकदिवसीय खेलहरू पनि खेल्नेछ।
२. एसीसी मेन्स प्रिमियर कप (एकदिवसीय टोली)
मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म आयोजना हुने यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ।
टोली : १. सन्दीप लामिछाने (कप्तान) २. रोहित पौडेल ३. आसिफ शेख ४. अर्जुन कुमाल ५. देव खनाल ६. दीपेन्द्र सिंह ऐरी ७. बसिर अहमद ८. इसान पाण्डे ९. गुल्सन कुमार झा १०. शेर मल्ल ११. ललित नारायण राजबंशी १२. करण केसी १३. हेमन्त धामी १४. सन्दीप जोरा
प्रतिस्पर्धी टोलीहरू: नेपाल समूह 'ए' मा रहेको छ, जहाँ उसले बहराइन, हङकङ, मलेसिया (आयोजक) र साउदी अरब सँग खेल्नेछ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोलीहरू नकआउट (सेमिफाइनल) चरणमा प्रवेश गर्नेछन्। २०२७ को एसिया कपमा छनोट हुनका लागि नेपाल यो प्रतियोगिताको शीर्ष तीन टोलीभित्र पर्नुपर्नेछ।
३. २०औँ एसियाली खेलकुद (टी-२० टोली)
जापानमा सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म आयोजना हुने एसियाली खेलकुदका लागि घोषणा गरिएको १५ सदस्यीय टोलीले टी-२० फर्म्याटमा खेल्न्छ।
टोली : १. रोहित कुमार पौडेल २. दीपेन्द्र सिंह ऐरी (कप्तान) ३. सोमपाल कामी ४. करण केसी ५. सन्दीप लामिछाने ६. आरिफ शेख ७. आसिफ शेख ८. कुशल भुर्तेल ९. ललित नारायण राजबंशी १०. गुल्सन कुमार झा ११. नन्दन यादव १२. लोकेश बम १३. सन्दीप जोरा १४. शेर मल्ल १५. कुशल मल्ल।
यी तीन टोलीहरूमा केही खेलाडीहरू दोहोरिएका छन्। विशेष गरी कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बम टप एन्ड टी-२० र एसियाली खेलकुद दुवैमा छन्। सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, र रोहित पौडेल जस्ता खेलाडीहरू प्रिमियर कप र एसियाली खेलकुद दुवै टोलीमा समावेश छन्।
यस प्रतियोगितामा १० टोलीले सहभागिता जनाउनेछन्।
प्रतिस्पर्धी टोलीहरू: नेपाल समूह 'ए' मा रहेको छ, जहाँ उसका प्रतिस्पर्धीहरू अफगानिस्तान र आयोजक जापान हुन्।
सुरुमा ६ वटा कम वरियता भएका टोलीहरूलाई तीन-तीन टोलीको दुई समूहमा विभाजन गरी 'राउन्ड रोबिन' ढाँचामा खेलाइनेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीहरू क्वार्टरफाइनलमा पुग्नेछन्। क्वार्टरफाइनलमा यी चार टोलीहरूले उच्च वरियताका चार टोलीसँग खेल्नेछन्, जसले सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन्। त्यसपछि सेमिफाइनल जित्ने टोलीहरू स्वर्ण पदकका लागि भिड्नेछन् भने सेमिफाइनलमा पराजित हुने टोलीहरू बीच कांस्य पदकका लागि खेल हुनेछ।
प्रिमियर कप र एसियाली खेलकुद दुवैमा पर्ने खेलाडीहरू: सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन कुमार झा, शेर मल्ल, ललित नारायण राजबंशी, करण केसी र सन्दीप जोरा।
टप एन्ड टी-२० र एसियाली खेलकुद दुवैमा पर्ने खेलाडीहरू: कुशल भुर्तेल, कुशल मल्ल र लोकेश बम