मलेसियामा हुने एसिसी प्रिमियर कपमा नेपालले पहिलो खेल बहराइनसँग खेल्ने भएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल बहराइनसँग खेल्ने भएको हो।
नेपाल समूह ‘ए’ मा छ। नेपालले समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्।
नेपालको पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ। दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ। २०२७ को एसिया कपमा छनोट हुनका लागि नेपाल यो प्रतियोगिताको शीर्ष तीन टोलीभित्र पर्नुपर्नेछ।
मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म आयोजना हुने यस प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको छ।
टोली : १. सन्दीप लामिछाने (कप्तान) २. रोहित पौडेल ३. आसिफ शेख ४. अर्जुन कुमाल ५. देव खनाल ६. दीपेन्द्र सिंह ऐरी ७. बसिर अहमद ८. इसान पाण्डे ९. गुल्सन कुमार झा १०. शेर मल्ल ११. ललित नारायण राजबंशी १२. करण केसी १३. हेमन्त धामी १४. सन्दीप जोरा